शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा आइपुगे पूर्वराजा ज्ञानेन्द्र, के छ कार्यसूची ?

शुक्रबार, ११ वैशाख २०८३, १२ : ३२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित पोखरा आइपुगेका छन्।
  • उनीहरू रिफ्रेसका लागि पोखरा आएको बताइएको छ र लेकसाइडस्थित होटल सोल्टीमा बस्नेछन्।
  • शाहको यस भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ ।

ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी कोमल शाह पनि आएकी छन् । उनीहरू रिफ्रेसका लागि पोखरा आएको बताइएको छ । 

अहिलेसम्म शाहको कार्यतालिका सार्वजनिक भएको छैन । उनी निकट स्रोतका अनुसार गोरखनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसबाहेकका कार्यक्रम अब तय गरिने बताइएको छ ।

 तर, राजनीतिक भेटघाट यसपालि नहुने बताइएको छ । उनी केही समयअघि पनि पोखरा आएर लामो समय बसेका थिए ।

विमानस्थलमा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप