सिन्धुली घटना छानबिन गर्न प्रहरीले बनायो ५ सदस्यीय समिति
सारांश
- सिन्धुलीको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको घटनाको छानबिन गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति गठन गरेको छ।
- प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा गठित समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।
- छानबिन समिति गठन भएसँगै पीडित पक्षले गरिरहेको विरोध प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ।
काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन्।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा रहेका विक गत वैशाख ७ गते हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
उपचारका क्रममा उनको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन भइरहेको थियो। छानबिन समितिमा प्रहरी उपरीक्षक रबिन्द्र नाथ पौडेल, प्रहरी निरीक्षकहरू इन्द्रजित सुनार र प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्।
समितिलाई घटनाको तथ्यगत एवम् वस्तुनिष्ठ छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। छानबिन समिति गठन भएसँगै पीडित पक्षले गरिरहेको आन्दोलन तत्कालका लागि स्थगित गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
-
परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण