पश्चिम एसियामा आइपुग्यो तेस्रो अमेरिकी विमानवाहक युद्धपोत
सारांश
- अमेरिकाले पश्चिम एसिया क्षेत्रमा आफ्नो तेस्रो विमानवाहक युद्धपोत पठाएको छ।
- यो तैनाथीले इरानमाथि कूटनीतिक दबाब बढाउने विशेषज्ञहरूले बताएका छन्।
- यूएसएस जर्ज डब्ल्यू बुस नामको यो आणविक रिएक्टरयुक्त जहाजमा ८० भन्दा बढी विमान राख्न सकिन्छ।
वासिङ्टन डीसी । अमेरिकाले पश्चिम एसिया क्षेत्रमा तेस्रो विमानवाहक युद्धपोत पठाएको छ, । यसलाई विज्ञहरूले पछिल्ला २० वर्षमा यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी नौसैनिक उपस्थिति भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध कहिले सकिन्छ भनेर समय सीममा दिन अस्वीकार गरेकै अवस्थामा विमानवाहक युद्धपोत जहाज पुगेको हो । अमेरिकी मध्य कमान्ड (सेन्टकम)का अनुसार यूएसएस जर्ज डब्ल्यू बुस पश्चिम एसियाको जिम्मेवारी क्षेत्रमा प्रवेश गरेको छ ।
यो युद्धपोत निम्मिट्ज–क्लासको हो । यो सन २००९ मा सेवा छिरेको थियो । लगभग हजार फिट लामो र १ लाख टनभन्दा बढी तौल भएको यो युद्धपोतमा ८० भन्दा बढी विमान राख्न सकिन्छ । यसमा दुईवटा आणविक रिएक्टर छन् । यसमा ५ हजार ५०० भन्दा बढी सैनिक तथा एयर क्रु हुन्छन् ।
विशेषज्ञहरूका अनुसार यो तैनाथीले कुनै गोली नचलाइकनै कूटनीतिक दबाब बढाउने संकेत दिएको छ । पूर्व अमेरिकी नौसेना कप्तान कार्ल शुस्टरले यो उपस्थितिले इरानमाथि शान्ति वार्ताअघि थप दबाब सिर्जना गर्ने बताएका छन् ।
यो जहाज पहिले तैनाथ भएको यूएसएस जेराल्ड आर फोर्डलाई प्रतिस्थापन गर्न आएको हुन सक्ने केही विश्लेषकहरूको अनुमान छ । यो जहाज लामो समयदेखि यस क्षेत्रमा तैनाथ छ । अर्को जहाज यूएसएस खब्राहम लिकन पनि युद्ध सुरु भएदेखि नै अरब सागरमा उपस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण