राप्रपाबाट केन्द्रीय सदस्य रञ्जन कार्की बर्खास्त
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट बर्खास्त गरेको छ।
- पार्टीको नीति र नेतृत्वविरुद्ध अफवाह फैलाएको तथा अनुशासनहीन काम गरेको आरोपमा उनलाई पदमुक्त गरिएको हो।
- निर्वाचनको समयमा कर्तव्य पालना नगरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले यो निर्णय गरेका हुन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीको सबै जिम्मेवारीबाट बर्खास्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम कार्कीलाई केन्द्रीय सदस्य लगायतका सबै पदबाट मुक्त गर्ने निर्णय गरेका हुन् ।
कार्कीले पार्टीको नीति र नेतृत्वका विरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको र घृणित अभिव्यक्ति दिएकाले जिम्मेवारीबाट हटाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
यसका साथै, गत निर्वाचनमा मतदानको दिन समेत आफ्नो जिल्ला दोलखा नगएको, मतदान प्रक्रियामा सहभागी नभएको तर निर्वाचनको विषयमा भने बारम्बार ‘दुषित’ टिप्पणी गर्ने गरेको आरोप कार्कीमाथि लगाइएको छ।
पार्टीको हितविपरीतका गतिविधिमा संलग्न भएको ठहर गर्दै उनलाई पदमुक्त गरिएको श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण