आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य

शुक्रबार, ११ वैशाख २०८३, १८ : १६
शुक्रबार, ११ वैशाख २०८३

जनकपुरधाम। मधेस प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उक्त अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले मधेस प्रदेश सरकारको वैशाख ९ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको विज्ञप्ति आज प्रकाशित गरेको छ । सोही सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन्।

आज राति १२ बजेदेखि लागू हुने गरी छैटौँ अधिवेशन अन्त्य भएको जनाइएको छ । प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यसँगै अब नयाँ अधिवेशन बोलाउने तयारी सरकारको तर्फबाट अगाडि बढाइने भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप