बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

होन्डाले त्रिपुरेश्वरमा सुरु गर्‍यो सुविधा सम्पन्न ‘थ्रिएस’ सेन्टर

शुक्रबार, ११ वैशाख २०८३, १८ : ५४
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ ।नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र हिमाल मोटोले त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ 'थ्रिएस' (सेल्स, सर्भिस र स्पेयर्स) सेन्टर सञ्चालनमा ल्याएको छ। 

शुक्रबार एक विशेष समारोहका बिच होन्डा मोटर कर्पोरेसन लिमिटेड जापानका उच्च अधिकारीहरू र ज्योति ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सेन्टरको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रमको सुरुवात होन्डा मोटर कर्पोरेसन लिमिटेडका उपाध्यक्ष तथा एसिया र ओशिनिया क्षेत्रीय एकाइका प्रमुख मिस्टर तोसियो कुवाराले पानसमा बत्ती बालेर गरेका थिए। त्यसलगत्तै उपाध्यक्ष कुवारा र स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रूपमा रिबन काटेर उक्त थ्रिएस सेन्टरको आधिकारिक उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा होन्डा जापानका तर्फबाट सेल्स डिपार्टमेन्ट २ का विभागीय प्रबन्धक मिस्टर योसिकी कामिया र पीआईसी मिस्टर कोजिरो कामियाको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, ज्योति ग्रुपका तर्फबाट पद्म ज्योति ग्रुपका इमिरेटस अध्यक्ष पद्म ज्योति, सीएसआर र परोपकार विभागकी निर्देशक मिरा ज्योति, स्याकार ट्रेडिङ कम्पनीकी प्रबन्ध निर्देशक सिर्जना ज्योति, उपाध्यक्ष सुहृद ज्योति र भजुरत्न ट्रेडिङ कम्पनीकी प्रबन्ध निर्देशक आरती ज्योतिको सहभागिता रहेको थियो।

705e966b-80a9-4dec-b793-39c5fe6d2e27

कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डा नेपालको लागि यो दिन एउटा ठूलो दूरदृष्टिको प्रतीक भएको बताए। उनले होन्डा मोटर्स र स्याकार ट्रेडिङ कम्पनीबिचको उत्कृष्ट तालमेलले होन्डा विगत १० वर्षभन्दा बढी समयदेखि नेपालमा नम्बर १ ब्रान्डको स्थान सुरक्षित गर्न सफल भएको बताए । 

ज्योतिले होन्डाका सवारी साधनको टिकाउपन, विश्वसनीयता र गुणस्तरमा केन्द्रित रहेको बताए । उनले यो थ्रिएस सेन्टरले विश्वस्तरीय सेल्स शोरुम, उन्नत प्रविधियुक्त सर्भिस सेन्टर र ग्यारेन्टीसहितको जेन्युन स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै होन्डा मोटर कर्पोरेसनका उपाध्यक्ष तोसियो कुवाराले स्याकार ट्रेडिङ कम्पनी होन्डाको विश्वमै सबैभन्दा लामो समयदेखि काम गरिरहेको वितरकहरूमध्ये एक भएको बताउँदै नेपालसँगको साझेदारीप्रति गर्व व्यक्त गरे। 

bcb09280-b3a3-4250-b990-498235b7e8d9

उनले होन्डाले थ्री–जोए (तीन खुसी) को सिद्धान्त— किन्ने खुसी, बेच्ने खुसी, र सिर्जना गर्ने खुसीलाई आत्मसात गरेको भन्दै यो शोरुमलाई यस्तो केन्द्रको रूपमा परिकल्पना गर्छौं जसले ग्राहक सन्तुष्टि र विश्वसनीयतालाई अधिकतम बढाउने र किनबेच तथा सेवाभन्दा पनि माथि उठेर होन्डाप्रति दिगो विश्वास निर्माण गर्ने विश्वास व्यक्त गरे । 

त्यसैगरी, होन्डा नेपालका तर्फबाट मन्तव्य राख्दै स्याकार ट्रेडिङका सर्भिसतर्फका महाप्रबन्धक सीताराम न्यौपानेले सेवा एउटा काम मात्र नभई ग्राहक सन्तुष्टि र विश्वासको मुटु भएको बताए । 

उनले भने– एउटा मोटरसाइकलले ग्राहकलाई एकपटक ल्याउन सक्छ, तर यो सेवाको अनुभव हो जसले ग्राहकलाई जीवनभर हामीसँगै कायम राख्छ।’ उनले ग्राहकका मुख्य तीन अपेक्षा: समयमै सेवा, सक्कली पार्ट्स र जतिबेला पनि समर्थन पाइन्छ भन्ने विश्वासलाई यो सेन्टरले पूरा गर्ने दाबी गरे।

d75e2afc-00d0-4875-82f6-876c8dcaa5ab

कार्यक्रममा कम्पनीको स्पेशल प्रोजेक्ट्सतर्फका महाप्रबन्धक मुकुल श्रेष्ठले यो उद्घाटन एउटा भवनको मात्र नभई नेपालमा होन्डाको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने अभियानको सुरुवात भएको बताए। उनले छिटो सेवा, विश्वसनीय पार्ट्स र प्रत्येक ग्राहकलाई उत्कृष्ट अनुभवले आफूहरूप्रति ग्राहकको विश्वास कायम भएको उल्लेख गरे ।

da4c7029-788c-4c79-98ae-a12aa9acd899

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप