घरमै राहदानी पुर्याउन प्रशासन र हुलाकबिच सहकार्य
काभ्रेपलान्चोक। घरमै राहदानीलगायत प्रशासनिक सामग्री पुर्याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबिच शुक्रबार सम्झौता भएको छ ।
सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पुर्याइने भएको हो । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पुर्याइने भएको हो ।
जिल्ला प्रशासनद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट तयार पारिएका सामग्री छिटो, सुरक्षित र जिम्मेवार ढङ्गले सम्बन्धित व्यक्तिसम्म पुर्याउने दायित्व जिल्ला हुलाक कार्यालयको हुनेछ । त्यस्तै, टिकट शुल्कको व्यवस्था गर्नुका साथै सेवाग्राहीको सही र स्पष्ट ठेगाना उपलब्ध गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले वहन गर्ने जनाइएको छ ।
यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनकाअनुसार घरमै राहदानीलगायतका सेवा चाहनेले घरमै र सदरमुकामबाट लिने भए उल्लेख गर्न पारमा आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सेली पत्रकार अल्जेरियाको जेलमा : विश्वकपका हरेक खेलमा एउटा सिट खाली राखेर ऐक्यबद्धता
-
जापानको ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा
-
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन
-
झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच छलफल
-
अर्थ मन्त्रालय बजेट थुपार्ने तर खर्च गर्न नसक्ने ‘सुपर मिनिस्ट्री’ बन्यो : कँडेल
-
विवादकाबिच रास्वपा कर्णालीको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण