मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

विवादकाबिच रास्वपा कर्णालीको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न

मङ्गलबार, ०२ असार २०८३, १४ : ०१
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्व चयनका लागि विवादका बीच मतदान सम्पन्न भएको छ ।
  • सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके) ले निर्वाचन प्रक्रिया स्थगित गर्न उजुरी दिए पनि मतदान सम्पन्न भएको प्रदेशका महामन्त्री ललित कुमार चन्दले जानकारी दिए ।
  • जेठ ३१ गते सुरु भएको अधिवेशनमा नेतृत्वका लागि विवाद हुँदा निर्वाचन हुन सकेको थिएन, तर उजुरीकर्ता बस्नेतले उम्मेदवारी कायमै राखेका छन् ।

काठमाडौँ । विवादका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके)ले निर्वाचन प्रक्रिया स्थगित गरी पाउँ भनेर केन्द्रीय कार्यालय र निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, अहिले निर्वाचन प्रक्रिया सम्पन्न भएको प्रदेशका महामन्त्री ललित कुमार चन्दले जानकारी दिए । 

‘मतदान सम्पन्न भएको छ । तत्कालै मतगणना गर्ने भनिएको छ । पहिलो चरणको मतगणना सम्पन्न भएपछि दोस्रो चरणको मतदान आझै सम्पन्न हुन्छ’, रातोपाटीसँग उनले भने ।  

जेठ ३१ गते सुरु भएको अधिवेशन नेतृत्वका लागि विवाद हुँदा निर्वाचन हुन सकेको थिएन । महामन्त्री चन्दका अनुसार उजुरीकर्ता बस्नेतले पनि उम्मेदवारी कायमै राखेका छन् । 

यता केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उजुरी परेको विषयमा अनविज्ञता व्यक्त गरे । 

‘म अहिले अरू नै काममा व्यस्त छु । चुनावी प्रतिस्पर्धामा सामान्य विवाद हुन सक्छ । उजुरी परे÷नपरेको केही थाहा छैन’, केसीले भने ।  यता बस्नेतको उजुरी आएको सहमहामन्त्री विपिन कुमार आचार्यले स्वीकारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप