झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच छलफल
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीच गृहजिल्ला झापामा करिब २० मिनेट भेटवार्ता भएको छ ।
- उपसभापति शर्माका दिवंगत काका श्याम भण्डारीप्रति समवेदना व्यक्त गर्न पुगेका सिटौलासँगको भेटमा पार्टीका समसामयिक विषयमा छलफल भएको थियो ।
- विशेष महाधिवेशनको पक्ष र विपक्षमा रहेका नेताहरूबीच विवाद चर्किरहेका बेला क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर पार्टीभित्र मतभेद बढ्दै गएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता कृष्णप्रसाद सिटौलाबिच गृहजिल्ला झापामा करिब २० मिनेट भेटवार्ता भएको छ ।
उपसभापति शर्माका दिवंगत काका तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा श्याम भण्डारीप्रति समवेदना व्यक्त गर्न सिटौला धुलाबारीस्थित भण्डारी निवास पुगेका थिए । सोही क्रममा दुई नेताबीच छुट्टै छलफल भएको हो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंका अनुसार भण्डारी निवासमै शर्मा र सिटौलाबीच करिब २० मिनेट कुराकानी भएको थियो। भेटमा पार्टीका समसामयिक विषयमा छलफल भएको बताइए पनि कुराकानीका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन ।
हुमागाईंका अनुसार उपसभापति शर्माले पार्टीभित्र देखिएको वर्तमान परिस्थितिलाई सकारात्मक ढंगले अगाडि बढाउन तथा निकास खोज्न सिटौलाले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
'उपसभापतिज्यूले कृष्ण सिटौलाज्यूलाई अन्य नेताहरूलाई पनि संयमित रहन र पार्टीलाई एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह गर्नुभएको जानकारी दिनुभएको छ,' हुमागाईंले भने ।
शर्माको आग्रहप्रति सिटौलाको प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्ष र विपक्षमा रहेका नेताहरूबीच विवाद चर्किरहेका बेला दुई नेताबीच भएको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी १५औँ महाधिवेशनको तयारीसँग जोडिएको क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर पार्टीभित्र मतभेद बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
-
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
-
कर्णाली प्रदेश सरकारद्वारा ७९ स्थानीय तहलाई साढे ५ अर्बभन्दा बढी बजेट
-
संसद्को चालु अधिवेशनबाटै संघीयता सम्बन्धी सबै कानुन पारित गर्न ढुंगानाको माग
-
भारतले टेलिग्राममा किन लगायो अस्थायी प्रतिबन्ध ?
-
उद्यमशीलता एवं पर्यटनसँग जोडिँदै दारको ठेकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण