सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मच्छिन्द्रलाई इलाम गोल्डकपको उपाधि

शनिबार, १२ वैशाख २०८३, २३ : ०६
शनिबार, १२ वैशाख २०८३

सारांश

  • मच्छिन्द्र फुटबल क्लबले इलाम गोल्डकपको उपाधि जित्यो, एनआरटीलाई हरायो।
  • फाइनल खेलमा मच्छिन्द्रले २-० गोलको अग्रता कायम गर्यो, एनआरटीको ह्याट्रिकको सपना चकनाचुर भयो।
  • प्रतियोगितामा उत्कृष्ट खेलाडी सनिस श्रेष्ठ भए, उनले ५१ हजार नगद पुरस्कार पाए।

इलाम । डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब काठमाडौँले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीलाई २–० गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको हो । यससँगै एनआरटीको उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ब्रेक लागेको छ ।

राष्ट्रिय तथा विभिन्न उमेर समूहका खेलाडी सम्मिलित दुवै टिमबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल हुन सकेन । तर, दोस्रो हाफ सुरु भएसँगै मच्छिन्द्रले खेलमा पकड जमायो । दोस्रो हाफको दोस्रो मिनेटमै सौरभ सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै मच्छिन्द्रलाई २–० को सुरक्षित अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो ।

उपाधिसँगै मच्छिन्द्रले नगद रु १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको एनआरटीले नगद रु पाँच लाखमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद रु ८ हजार १ सय प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही रु १५ हजारसहित ट्रफी प्राप्त गरे ।

उदीयमान खेलाडी रेडहर्षका विवेक सुनाम घोषित भए । उनले नगद रु २५ हजारसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका सनिस श्रेष्ठ घोषित भए । उनले नगद रु ५१ हजारसहित ट्रफी प्राप्त गरे । रेडहर्ष फुटबल क्लबको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ वटा टिमको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप