संसदीय दल नेता
संख्यामा कम भए पनि सशक्त विचार बोकेर अगाडि बढ्छौँ : आङ्देम्बे
सोमबार, १४ वैशाख २०८३, १६ : ०७
सारांश
- नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।
- सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा राम्रा कामको समर्थन र संविधान विपरीतका कामको विरोध गर्ने बताए ।
- उनले संसद्मा संख्याभन्दा विचारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।
सोमबार संसदीय दलको नेतामा सर्वसम्मत भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता आङदेम्बेले भने,‘हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ ।’
आङदेम्बेले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा र आफूले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र संविधान विपरीतका कामको विरोध गरेर सरकारलाई सचेत बनाउने बताए ।
संसद्मा संख्याले भन्दा विचारले महत्त्वपूर्ण भूमिका निभाउने आङदेम्बेको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण