टीयूको जग्गा पनि सुकुमबासीको कब्जामा !
सोमबार, १४ वैशाख २०८३, १८ : ३६
सारांश
- त्रिभुवन विश्वविद्यालयको जग्गामा सुकुमबासी र विभिन्न सङ्घसंस्थाले कब्जा गरेका छन् ।
- कीर्तिपुर परिसरमा बागमती नदी किनारको त्रिवि जग्गामा सुकुमबासीले अनधिकृत बसोबास र अतिक्रमण गरेका छन् ।
- समय अभाव र असहयोगले अतिक्रमणको यकिन तथ्याङ्क पत्ता लगाउन नसकेपछि छुट्टै निकायबाट छानबिन गर्न सिफारिस गरिएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रहेको जग्गामा विभिन्न सङ्घसंस्था मात्र नभई सुकुमबासीहरूले समेत कब्जा गरेकाे पाइएको छ ।
त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’ ले तयार पारेको प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्र बागमती नदी किनारमा रहेको जग्गामा सुकुमबासीले अनधिकृत रूपमा बसोबास र अतिक्रमण गरेको उल्लेख छ ।
अतिक्रमणको अवस्था भयावह देखिए पनि समितिले आवश्यक सत्य तथ्य सूचना, विवरण र कागजातहरू प्राप्त गर्न नसकेको जनाएको छ ।
समय अभाव र असहयोगका कारण कति जग्गा अतिक्रमण भएको हो भन्नेबारे अन्तिम निष्कर्षमा पुग्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ।
यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको भन्दै समितिले छुट्टै अधिकार सम्पन्न निकायबाट थप अनुसन्धान गर्न सरकार र विश्वविद्यालय प्रशासनलाई सिफारिस गरेको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण