तीन लाख १८ हजार बराबरको भन्सार छलीका सामान बरामद
सुनसरी । भारतीय बजारबाट भन्सार छली गरेर ल्याइएका रु तीन लाख १८ हजार छ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । भन्सार जाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरीले उक्त मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले विशेष निगरानी तथा गस्ती अभियानका क्रममा भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जानकारी दिए । लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धालगायत वस्तु नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि सोमबार नै भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट सोमबार लागऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का १६ वर्षीय युएन लिम्बू र १८ वर्षीय आशिष वन्तवा राई रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेकाको साथबाट पाँच दशमलव ३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को२५प ५०५५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा हेलमेटभित्र लुकाएर ल्याइएको ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण