सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई संसदीय समितिको बैठक बस्दै

मङ्गलबार, १५ वैशाख २०८३, ०९ : ५५
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • आज बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
  • बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, समस्या र समाधानबारे राष्ट्रिय योजना आयोगले प्रस्तुतीकरण गर्नेछ ।
  • त्यस्तै, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन र वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ ।

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा, समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप