अपडेट
देउवा समूहको भेलामा शशाङ्क र सुजाता पनि सहभागी
मङ्गलबार, १५ वैशाख २०८३, १२ : २१
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला सहभागी भएका छन् ।
- महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भएको यस भेलामा डा शशाङ्क र सुजाता दुवैको उपस्थिति रहेको छ ।
- यस भेलामा पूर्णबहादुर खड्काको संयोजनमा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको सहभागिता रहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् । महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा डा शशाङ्क र सुजाता पनि सहभागी भएका हुन् ।
डा शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् ।
पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण