चौथो पटक इमरान खानको आँखाको शल्यक्रिया
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स)मा चौथो पटक आँखाको शल्यक्रिया गरिएको छ ।
अस्पतालका अनुसार चौथो पटक उनले इन्ट्राभिट्रियल एन्टी(भीइजीएफ इन्जेक्सन लिएका थिए । मङ्गलबार बिहान पिम्स अस्पतालबाट डिस्चार्ज भएका थिए ।
इमरान खान केही समयदेखि आँखाको गम्भीर समस्यासँग लडिरहेका छन् । ७४ वर्षीय इमरान खानलाई अप्रिल २८ मा उपचारको लागि अस्पताल ल्याइएको थियो ।डाक्टरहरूले जाँचपछि उनको अवस्था स्थिर रहेको बताएका थिए । अपरेटिङ थिएटरमा आवश्यक प्रक्रियाहरू पछि उनलाई चौथो पटक इन्जेक्सन दिइएको थियो ।
इमरान खानको दाहिने आँखामा सेन्ट्रल रेटिनल भेन अक्युपेशन (सीआरभीओ) रोग लागेको छ, जुन यस वर्षको जनवरीको अन्त्यमा पत्ता लागेको थियो । यसअघि खानले जनवरी २४ मा पहिलो इन्जेक्सन लिएका थिए । उनले फेब्रुअरी २४ मा दोस्रो डोज र मार्च २३ मा तेस्रो डोज लिएका थिए । पछिल्लो परीक्षणमा अवस्थामा सुधार देखिएको डाक्टरहरूले बताएका छन् ।
प्रक्रियालाई डे केयर सर्जरी मानिएको थियो, त्यसपछि आवश्यक सिफारिसहरूसहित उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । इमरान खानलाई राति इन्जेक्सन र मेडिकल चेकअपको लागि पिम्स लगिएको थियो ।
विपक्षीले निरन्तर रूपमा खानलाई उपचारको लागि शिफा अन्तर्राष्ट्रिय अस्पतालमा सारिनुपर्ने माग गर्दै आएको छ । सरकार खानको स्वास्थ्यबारे पारदर्शी नभएको र उनका निजी डाक्टरहरूलाई उनलाई भेट्न अनुमति नदिएको आरोप पीटीआईले लगाएको छ ।
सरकारले यी सबै आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । खान र उनकी श्रीमती यतिबेला रावलपिंडीको आदियाला जेलमा छन् ।
जेल अधिकारीहरूका अनुसार बुशरा बीबीको पनि अप्रिल १७ मा रावलपिंडीको एक अस्पतालमा आँखाको शल्यक्रिया गरिएको थियो । डाक्टरहरूको टोलीले हाल उनीहरू दुवैको स्वास्थ्यको निगरानी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण