राजस्थानलाई अपराजित पञ्जाबको २२३ रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत ४०औँ खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्स सामु २२३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
नयाँ चण्डीगढस्थित महाराजा यादवेंद्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको राजस्थानले सुरुवातमा दबाब बनाउन खोजे पनि पञ्जाबका ब्याट्सम्यानले आक्रामक प्रदर्शन गरे ।
पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनायो । उसका लागि मार्कस स्टोयनिसले ६२ रनको उत्कृष्ट अर्धशतक बनाए भने ओपनर प्रभसिमरन सिंहले ५९ रनको योगदान दिए । कप्तान श्रेयस अय्यरले ३० रन जोडे ।
बलिङतर्फ राजस्थानका यशराज पुंजाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यस्तै जोफ्रा आर्चर र नांद्रे बर्गर ले समान १–१ विकेट हात पारे । २२४ रनको कठिन लक्ष्य पछ्याइरहेको राजस्थानलाई खेल जित्न बलियो ब्याटिङ प्रदर्शन आवश्यक देखिएको छ, किनकि जारी आईपीएलमा पञ्जाब मात्र अपराजित टोली हो ।
* भुलवश यसअघि राखिएको शीर्षक सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण