भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग
सिरहा । सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशायी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज लहानमा आयोजना गरेको ‘नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने नीतिको स्वागत गर्दै व्यवसायीहरूले यसलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन् । सङ्घका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताले विना भन्सारका सामान आयातमा पूर्ण रोक लगाउनुपर्ने र भन्सार दर घटाएर नेपाल–भारतबिचको सामानको मूल्यमा रहेको अन्तरलाई कम गर्न (मूल्य समायोजन) जोड दिए ।
सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशङ्कर यादवले सरकारले खुला र उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले भने, “आर्थिक अभाव भएका विपन्न समुदाय घरायसी प्रयोजनका लागि भारतीय बजारमा निर्भर भए पनि खुला सीमाको फाइदा उठाएर हुने अवैध निकासी र तस्करी विरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको छ ।”
सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले व्यवसायीहरूका गुनासा र चिन्ताप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्या समाधानका लागि सम्बन्धित निकाय र सदनमा पहल गर्ने आश्वासन दिए । व्यवसायीहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने वातावरण बनाउन र सीमा नाकामा हुने तस्करी नियन्त्रण गरी स्वदेशी लगानी सुरक्षित गर्न नवनिर्वाचित सांसदहरूसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण