मेटा, गुगल र टिकटकलाई कर तिराउँदै अस्ट्रेलिया
सारांश
- अस्ट्रेलियाले मेटा, गुगल र टिकटकजस्ता ठुला डिजिटल कम्पनीहरूमाथि कर लगाएर पत्रकारिता क्षेत्रमा लगानी बढाउने नयाँ योजना सार्वजनिक गरेको छ ।
- प्रस्तावअनुसार समाचार प्रकाशकहरूसँग सहकार्य गरेर सामग्रीको मूल्य नतिरेमा यी कम्पनीहरूको अस्ट्रेलियाली आम्दानीको २.२५ प्रतिशत कर लगाइनेछ ।
- डिजिटल कम्पनीहरूले यस प्रस्तावलाई डिजिटल सेवा करको रूपमा व्याख्या गर्दै आलोचना गरेका छन् ।
सिड्नी । अस्ट्रेलियाले मेटा, गुगल, र टिकटकजस्ता ठुला डिजिटल कम्पनीहरूमाथि कर लगाएर पत्रकारिता क्षेत्रमा लगानी बढाउने नयाँ योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानेज नेतृत्वको सरकारले मंगलबार मस्यौदा कानुन सार्वजनिक गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई समाचार संस्थासँग सम्झौता गरेर पत्रकारिताका लागि भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको जनाएको छ ।
यो प्रस्ताव संसदमा जुलाई २ सम्म पेस गर्ने योजना छ । यस प्रस्तावअनुसार समाचार प्रकाशकहरूसँग सहकार्य गरेर सामग्रीको मूल्य तिर्दैनन् भने यी कम्पनीहरूको अस्ट्रेलियाली आम्दानीको २ दशमलव २५ प्रतिशत कर लगाइनेछ ।
उनीहरूले समाचार संस्थासँग सम्झौता गरेमा करमा छुट दिइने व्यवस्था पनि राखिएको छ । प्रधानमन्त्री अल्बानिजले पत्रकारिताको मूल्य निर्धारण आवश्यक भएको उल्लेख गर्दै ठुला बहुराष्ट्रिय कम्पनीहरूले अरूले उत्पादन गरेको सामग्री प्रयोग गरेर नाफा कमाउने तर त्यसको उचित क्षतिपूर्ति नदिनु उचित नभएको बताएका छन् ।
उनले स्वस्थ लोकतन्त्रका लागि पत्रकारितामा लगानी अत्यन्त आवश्यक रहेकोमा पनि जोड दिए । डिजिटल प्लेटफर्महरूलाई समाचार सामग्रीका लागि भुक्तानी गर्न बाध्य बनाउने खोजेको अस्ट्रेलियाको दोस्रो प्रयास हो । यसअघि २०२१ मा लागू गरिएको ‘न्युज मिडिया बार्गेनिङ कोड मार्फत पनि यस्तै दबाब दिइएको थियो ।
डिजिटल कम्पनीहरूले आलोचना गर्दै यो प्रस्तावलाई डिजिटल सेवा करको रूपमा व्याख्या गरेका छन् र यसले विज्ञापन उद्योगको बदलिँदो स्वरूप नबुझेको तथा दिगो पत्रकारिता क्षेत्र निर्माण गर्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण