राजनीति
विपक्षी दलहरूको बैठकमा गएन श्रम संस्कृति पार्टी
बुधबार, १६ वैशाख २०८३, १२ : ५०
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन ।
- सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाइएको थियो ।
- श्रम संस्कृति पार्टीलाई बैठकमा बोलाइए पनि उपस्थित नभएको जानकारी प्राप्त भएको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् ।
सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए ।
आङदेम्बेका स्वकीय सचिव एम ढुङ्गानाले श्रम संस्कृतिलाई बैठकमा बोलाइए पनि नआएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण