अपडेट
आङ्देम्बेले राष्ट्रियसभाको सचेतकमा रोकायलाई हटाएर परियारलाई ल्याए
बुधबार, १६ वैशाख २०८३, १६ : २१
सारांश
- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कृष्णबहादुर रोकायलाई राष्ट्रियसभा सचेतकबाट हटाएर पदम परियारलाई नियुक्त गरेका छन्।
- कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, यो निर्णय नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ (३) बमोजिम गरिएको हो।
- यसअघि आङ्देम्बेले राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई नियुक्त गरेका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको राष्ट्रियसभा सचेतकबाट कृष्णबहादुर रोकायलाई हटाएका छन् । उनको स्थानमा आङदेम्बेले पदम परियारलाई नियुक्त गरेका छन् ।
‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ ९३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा माननीय पदमबहादुर परियारलाई मनोनयन गर्नुभएको छ’ कांग्रेसको संसदीय दल कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
आङदेम्बेले आजै राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण