कांग्रेसले ताेक्याे नवीकरण र नयाँ सदस्यका लागि समयसीमा
काठमाडाैँ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक सम्पन्न भएकाे छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा बुधबार समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बैठक बसेको थियो।
बैठकले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापन, नवीकरण तथा डिजिटल प्रणाली सुधारसँग सम्बन्धित विभिन्न ६ वटा निर्णय गरेको छ।
जिल्ला कार्यसमितिहरूबाट क्रियाशील सदस्यता नवीकरण तथा प्रतिनिधि सभा क्षेत्रबाट नयाँ सदस्यता डिजिटल प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाउने प्रक्रिया व्यवस्थित गरिनेछ। डिजिटल प्रणालीमा प्रविष्ट नभएका जिल्ला र क्षेत्रलाई आजदेखि गतेदेखि एक साताको समय दिएर नवीकरण तथा नयाँ सदस्यता इन्ट्री गर्न अनुमति दिइनेछ।
त्यस्तै जनसम्पर्क समितिहरूलाई अधिवेशन सम्पन्न भएको वा नभएको आधारमा वर्गीकरण गरी समस्याहरू पहिचान तथा समाधान गरिने निर्णय भएको छ। अधिवेशन सम्पन्न गरिसकेका समितिका सदस्यहरूलाई पार्टी विधानअनुसार अद्यावधिक गरिनेछ भने डिजिटल प्रणालीमा समावेश नभएका सदस्यहरूलाई पनि तोकिएको समयभित्र प्रविष्ट गर्ने व्यवस्था गरिनेछ।
विदेशस्थित जनसम्पर्क समितिहरूका लागि अनलाइन सदस्यता प्रणालीलाई निरन्तरता दिइने र त्यसको जानकारी सम्बन्धित देशका समिति अध्यक्षलाई गराइनेछ। साथै, नेपाली नागरिकता भएका व्यक्तिहरूलाई जनसम्पर्क समिति सदस्यता तथा क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ।
नवीकरण छुट भएका सदस्यहरूको हकमा पनि तोकिएको शुल्क लिएर केन्द्रीय स्तरबाटै एक साताको लागि नवीकरण खुला गरिनेछ। रिक्त रहेका वडा सभापतिहरूको हकमा भने जिल्ला, क्षेत्र वा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत डिजिटल प्रणाली अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ।
पार्टीले यी निर्णयमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण