पूर्वमन्त्री महतको स्वास्थ्य अवस्थाबारे मेडिकल जाँच गर्न आदेश
बिहीबार, १७ वैशाख २०८३, १७ : ५३
सारांश
- पूर्वमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्थाबारे मेडिकल जाँच गर्न विशेष अदालतले आदेश दिएको छ।
- पत्नी रोशनी महतले पति अल्जाइमर्स रोगबाट पीडित भएको र होस ठेगानमा नरहेको बताएपछि अदालतले स्वास्थ्य परीक्षणको आदेश दिएको हो।
- अख्तियारले महतविरूद्ध विमानस्थल निर्माणमा बदनीयतपूर्ण निर्णय गरेको अभियोग लगाएको छ।
काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणका प्रतिवादी रहेका पूर्वमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्थाबारे मेडिकल जाँच गर्न विशेष अदालतले आदेश दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले स्वास्थ्य परीक्षणको रिपोर्ट बुझ्ने आदेश दिएको हो।
डा.महतको हकमा पत्नी रोशनी महतले इजलासमा उपस्थित हुने निवेदन दिँदै आफ्नो पति अल्जाइमर्स रोगबाट पीडित भएको र होस ठेगानमा नरहेको बताएपछि इजलासले स्वास्थ्य परीक्षणको जाँच बुझ्न आदेश दिएको हो।
अख्तियारले पूर्वमन्त्री महतविरूद्ध विमानस्थल निर्माणमा परिमार्जित २१ करोड ५९ लाख अमेरिकी डलर अनुसार परियोजना कार्यान्वयन गर्ने स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको भन्दै बदनीयतपूर्ण निर्णय गरेको अभियोग लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण