चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
शुक्रबार, १८ वैशाख २०८३, ०९ : ३०
तनहुँ । कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ ।
किसानले चैतेधान लगाउन छाडेपछि यसको संरक्षणका लागि व्यावसायिक चैते धान खेती प्रवर्द्धनमा जोड दिइएको उक्त कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताए ।
उनले भने, “अनुदान पाएपछि किसानले उत्साहित भएर चैतधान रोपेका छन् । चैतेधानको बीउसँगै सिँचाइको व्यवस्था नभएका स्थानमा कुलो खन्नसमेत अनुदान दिइएको छ ।”
यो वर्ष तीन हजार ८०० रोपनीमा चैतेधानखेती गरिएको छ । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यावसायिक रूपमा चैतेधानखेती भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण