डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त
सारांश
- सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा कृषि मन्त्रालयका सहसचिव डा. शरण पाण्डेलाई नियुक्त गरेको छ।
- यसअघि प्रदेश सचिवको रूपमा सफल नेतृत्व सम्हालिसकेका पाण्डेले किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
- उनले डीडीसीलाई आधुनिक र प्रतिस्पर्धी संस्था बनाउन प्रविधिको प्रयोग बढाउने योजना अघि सारेका छन्।
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा कृषि मन्त्रालयका सहसचिव डा. शरण पाण्डेलाई नियुक्त गरेको छ।
इमान्दारिता र सुशासनमा स्थापित छवि बनाएका पाण्डे यसअघि बागमती, मधेश र कोशी प्रदेशमा प्रदेश सचिवको रूपमा सफल नेतृत्व सम्हालिसकेका अनुभवी प्रशासक हुन्।
पदभार ग्रहण गर्दै नवनियुक्त महाप्रबन्धक पाण्डेले लामो समयदेखि बाँकी रहेको दुग्ध किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “किसानको श्रमको उचित मूल्य समयमै सुनिश्चित गर्नु हाम्रो पहिलो दायित्व हो।”
पाण्डेले डीडीसीलाई आधुनिक र प्रतिस्पर्धी संस्था बनाउन उत्पादन, प्रशोधन र वितरण प्रणालीमा प्रविधिको प्रयोग बढाउने योजना समेत अघि सारेका छन्।
उनको नियुक्तिसँगै दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान हुने र किसानको मनोबल बढ्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण