सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
सिरहा । सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो।
सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोल बस्ने यादव सोही ल फर्ममा कार्यरत कर्मचारी हुन्। गत चैत २७ गते भएको उक्त विस्फोटको घटनापश्चात् प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान पूरा गरी जिल्ला अदालत सिरहामा पेस गरिएका यादवलाई अदालतको आदेशानुसार बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण