नवलपरासी कांग्रेस जिल्ला सभापतिद्वारा राजीनामा
शनिबार, १९ वैशाख २०८३, १८ : २४
सारांश
- नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोखरेलले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएका छन्।
- पोखरेलले आफू नियमित पार्टी कार्यक्रममा सहभागी हुन नसकेको भन्दै जिम्मेवारी त्यागेको बताएका छन्।
- उनले आफ्नो राजीनामापछि जिल्ला नेतृत्वबारे पार्टीभित्र छलफल हुने विश्वास व्यक्त गरेका छन्।
बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुन पोखरेलले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै उनले सभापति पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
पोखरेलले आफू नियमित रूपमा पार्टीका कार्यक्रममा सहभागी हुन नसकेको भन्दै जिम्मेवारी त्यागेको बताएका छन्। रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मेरो स्वास्थ्य समस्या छ। मभन्दा सक्रिय साथीहरूले पार्टी चलाउनु राम्रो हुन्छ भन्ने उद्देश्यले राजीनामा दिएको हुँ।’
१४औँ अधिवेशनबाट निर्वाचित भएपछि पनि उनले लामो समयसम्म उपसभापतिलाई कार्यवाहक जिम्मेवारी दिँदै आएका थिए। पोखरेलले आफ्नो राजीनामापछि अब जिल्ला नेतृत्व कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल भएर निर्णय हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण