रामेछापमा टिप्पर दुर्घटना हुँदा चालक घाइते
काठमाडौँ । रामेछापको सुनापती गाउँपालिका–४ स्थित डहुमा टिप्पर दुर्घटना भएको छ । शनिबार आशिष आशीर्वाद कन्स्ट्रक्सन कम्पनीको प्रदेश–३–०१–००३ क ७८९१ नम्बरको माटो लोड भएको टिप्पर माटो झार्ने क्रममा सडकबाट भिरमा खसेको हो ।
टिप्पर चालक सुनापती गाउँपालिका–२ मानपुर घर भएका २८ वर्षीय रमेश मगर घाइते भएका छन् । उनलाई उपचारको लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आशिष आशीर्वाद जेभीले सो ठाउँमा सड्क निर्माणको काम गरिरहेको छ । लुभु–बेथान भित्री कच्ची सडकमा टिप्पर दुर्घटना हुँदा घाइते भएका चालकलाई सुरुमा भ्वाँसा स्थित च्यारिटी मेडिकल सेन्टर र त्यसपछि काठमाडौँ ल्याइएको हो । उनको टाउको, दायाँ आँखा र अनुहारमा चोट लागेको छ ।
अहिले उनलाई सिनामंगल स्थित केएमसीमा भर्ना गरेर उपचार भइरहेको स्थानीय सन्तोष भण्डारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण