बेबी फूडमा मुसाको विष भेटिएपछि....
सारांश
- अस्ट्रियामा बेबी फुडका जारमा मुसा मार्ने विष भेटिएको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले ३९ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
- पूर्वी राज्य बर्गेनल्याण्डमा गाजर र आलुको प्यूरी भएको एक जारमा विष फेला परेपछि बेबी फुड निर्माता कम्पनी हिपले आफ्ना उत्पादनहरू बजारबाट फिर्ता बोलाएको थियो ।
- अधिकारीहरूका अनुसार अस्ट्रिया, चेक गणराज्य र स्लोभाकियामा पाँच वटा दूषित जार फेला पारिएको छ, जसलाई उपभोग हुनुअघि नै नियन्त्रणमा लिइएको हो ।
भियन्ना । अस्ट्रियामा बेबी फुडका जारमा मुसा मार्ने विष भेटिएको घटनामा संलग्न रहेको आशङ्कामा ३९ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई हप्ता अघि अस्ट्रियाको पूर्वी राज्य बर्गेनल्याण्डमा गाजर र आलुको प्यूरी भएको एक जारमा विष फेला परेको थियो । त्यसपछि सो बेबी फूड निर्माता कम्पनी हिपले आफ्ना सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाएको थियो । अधिकारीहरूका अनुसार अस्ट्रिया, चेक गणराज्य र स्लोभाकियामा पाँच वटा दूषित जार फेला पारिएको छ, जसलाई उपभोग हुनुअघि नै नियन्त्रणमा लिइएको हो ।
अस्ट्रियाली पत्रिका डाई प्रेसका अनुसार कम्पनीसँग २० लाख युरो फिरौती माग गरिएको इमेल पठाइएको थियो । तर उक्त इमेल तोकिएको समय सीमा सकिएपछि मात्रै कम्पनीले देखेको जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले इमेल २७ मार्चमा पठाइएको र सो इमेल ठेगाना दुई–तीन हप्तामा मात्र जाँच गरिने बताए । अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिबारे थप विवरण खुलाउन नसकिने प्रहरी प्रवक्ता हेल्मुट मार्बानले बताएका छन् ।
कम्तीमा विष मिसिएको एउटा जार बजारमा हुन सक्ने आशंका अधिकारीहरूले गरेका छन् र उपभोक्तालाई सावधानी अपनाउन आग्रह गरेका छन् । जारको ढक्कन बिग्रिएको, खुला भएको, सुरक्षा सिल नभएको, असामान्य गन्ध आएको वा जारको तलपट्टि रातो घेरासहितको सेतो स्टिकर देखिएमा त्यस्तो उत्पादन प्रयोग नगर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण