द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
काठमाडाैँ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन् ।
शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय अवस्थाबारे छलफल गर्नुका साथै वासिङ्टनसँग सम्भावित युद्धविरामका विषयमा पनि कुराकानी गर्नुभएको बताइएको छ । साथै युरोपेली सङ्घका परराष्ट्र नीतिसम्बन्धी प्रमुखसँग पनि उनले परामर्श गरेको जनाइएको छ ।
इरानको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार अराघचीले अमेरिकी तथा इजरायली सैन्य गतिविधिहरूले फारसको खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढाएको बताए । उनले इरानले युद्ध सुरु नगरेको दाबी गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण अभिव्यक्ति तथा उक्साउने कार्यहरू त्यागेमा इरान कूटनीतिक समाधानका लागि खुला रहेको स्पष्ट पारे।
उनले इरानका सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गर्नुभयो । साथै, केही क्षेत्रीय देशहरूले कूटनीतिक पहललाई प्रोत्साहन दिँदै तनाव बढ्न नदिन खेलेको ‘रचनात्मक भूमिका’ को प्रशंसा गरेका छन्।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरानसहितका विभिन्न सहरहरूमा संयुक्त आक्रमण गरेका थिए, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, उच्च सैनिक कमाण्डर तथा सर्वसाधारण नागरिकहरूको ज्यान गएको थियो । त्यसको जवाफमा इरानले इजरायल र अमेरिकी स्वार्थ केन्द्रित क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।
अप्रिल ८ मा युद्धविराम लागू गरिएको भए पनि त्यसपछि इस्लामाबादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबिच भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन । इरानको सरकारी समाचार संस्थाले जनाएअनुसार इरानले नयाँ वार्ता प्रस्ताव पाकिस्तानमार्फत अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण