लापसे गरी स्कुटर चलाउने दुई चालक पक्राउ
सोमबार, २१ वैशाख २०८३, ०६ : ०२
सारांश
- भक्तपुरको सानोठिमी क्षेत्रमा लागुऔषध सेवन गरी स्कुटर चलाउने दुई जना चालक पक्राउ परेका छन् ।
- ट्राफिक प्रहरी, लागुऔषध नियन्त्रण व्युरो र सानोठिमी प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
- स्वास्थ्य परीक्षणका क्रममा प्रतिबन्धित लागुऔषध सेवन गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि ठिमी प्रहरी वृत्तमा पठाइएको छ ।
भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मध्यपुर थिमि नगरपालिका-२ स्थित सानोठिमी अगाडि सोमबार गरिएको जाँचका क्रममा दुई जना स्कुटर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग सानोठिमीको संयुक्त टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जनाले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको पाइएको थियो ।
पक्राउ परेका चालकहरूको परिचय गोप्य राखिए पनि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण