वीरगञ्ज चिनी कारखाना ठुलो चलखेलमा बन्द भएको छ : सभापति अन्सारी
सारांश
- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगञ्ज चिनी कारखानाको योजनाबद्ध रूपमा हत्या भएको बताएका छन् ।
- उनले कारखाना बन्द हुँदा कर्मचारी र किसान पीडित भएको तर निजी चिनी कारखाना खोलेर बस्नेहरू भने मोटाउँदै गएको बताए ।
- अन्सारीले औद्योगिक प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको र कतिपय उद्योगले सार्वजनिक जग्गा र खोला समेत मिचेर संरचना बनाएको भन्दै आपत्ति जनाए ।
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगञ्ज चिनी कारखानाको योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको बताएका छन् ।
मङ्गलबार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनुमा चलखेल रहेको दाबी गरे ।
सभापति अन्सारीले वीरगञ्ज चिनी कारखानालाई कसैले सिध्याएको टिप्पणी गरे । ‘कारखानाको हत्या भएको हो, यसका हत्याराहरू बजारमै घुमिरहेका छन्,’ उनले भने ।
कारखाना बन्द हुँदा कर्मचारी र किसान पीडित भएको तर निजी चिनी कारखाना खोलेर बस्नेहरू भने मोटाउँदै गएको उनले बताए । हत्यारा पत्ता लगाएर पीडितलाई न्याय दिनुपर्ने उनको माग थियो ।
चिनी उद्योगमा ‘इकोनोमिक्स’ भन्दा बढी ‘पोलिटिक्स’ हुने गरेको अन्सारीले उल्लेख गरे । उद्योगीले व्यापारीबाट अग्रिम पैसा लिने तर किसानलाई भने उधारोमा उखु दिन बाध्य पार्ने गरेको भन्दै उनले यसको समाधान खोज्न आग्रह गरे। नेपालमा चिनीको उत्पादन कम र गुणस्तर पनि कमजोर रहेको उनले बताए ।
औद्योगिक प्रदूषणका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको अन्सारीले जानकारी दिए। आफ्नो क्षेत्रमा धेरै मानिस क्यान्सर र स्ट्रोकको शिकार भएको उनले बताए । ‘बिहान ४ देखि ६ बजेको बिचमा हावाको रङ्ग कालो हुन्छ, यसलाई सफा बनाउन मन्त्रालयले पहल गर्नुपर्छ,’ उनले भने ।
कतिपय उद्योगले सार्वजनिक जग्गा र खोला समेत मिचेर संरचना बनाएको भन्दै उनले आपत्ति जनाए। स्थानीय प्रशासन र प्रहरीले यस्ता विषयमा प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो । उद्योग मन्त्रालयले टिम खटाएरै अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने उनले बताए ।
यस्तै उनले भन्सार नाकाहरूमा हुने ढिलासुस्ती र कर्मचारीको ‘तजबिज’ अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । मुख्य नाकाहरूमा एक्सरे स्क्यानर राखेर छिटो चेकजाँच गर्ने व्यवस्था मिलाउन उनले सुझाव दिए। यसो गर्दा चोरी पैठारी रोकिने र व्यापारीले अनाहकमा सास्ती खेप्नु नपर्नेमा उनले जोड दिए ।
सभापति अन्सारीले यी समस्याहरू समाधान गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र समितिले पनि यसमा सहयोग गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण