बुटवलको सुखैरा खोला अतिक्रमण
बुटवल । बुटवलको सुखैरा खोला अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरूको एकिन विवरण सङ्कलन कार्य सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले खोला मिचेर निर्माण गरिएका संरचनाको विवरण सङ्कलन गर्न वडा कार्यालयहरूलाई पत्राचार गरेसँगै विवरण सङ्कलन प्रक्रिया अघि बढाइएको हो।
यसक्रममा खोलामा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भवनहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीका अनुसार प्रारम्भिक अनुमानमा करिब २ सयभन्दा बढी घर तथा संरचना खोलाको मापदण्ड मिचेर निर्माण गरिएको देखिएको छ ।
उनले सुखैरा खोलाको मापदण्ड ३० फिट कायम रहेको र केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५–१५ फिट क्षेत्र खाली राख्नुपर्ने बताए । तर हाल खोलाको दुवैतर्फबाट अतिक्रमण भएको स्पष्ट देखिएको उनको भनाइ छ ।
उनले रातोपाटीसँग भने,‘अहिले प्रारम्भिक अनुमान मात्रै हो, प्राविधिक टोलीसहित विस्तृत अध्ययनपछि एकिन तथ्य सार्वजनिक हुन्छ ।’
यसैबिच खोला मिचेरै निर्माण गरिएको भनिएको एक निजी विद्यालय पनि विवादमा परेको छ । बुटवल–८ स्थित क्यानन बोर्डिङ स्कुलले सुखैरा खोला मिचेर चारतले भवन निर्माण गरिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
वडा अध्यक्ष पंगेनीले उक्त विद्यालयले मापदण्ड मिचे–नमिचेको विषयमा छानबिन भइरहेको बताए । ‘खोला अतिक्रमण गरी बनाइएका सबै संरचनाको अध्ययन भइरहेको छ । मापदण्ड विपरीत बनेका जुनसुकै संरचना पनि गलत हुन्,’उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण