बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोशी र गण्डकीका मुख्यमन्त्रीबिच भेटवार्ता

बिहीबार, २४ वैशाख २०८३, १७ : २८
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबिच विराटनगरमा भेटवार्ता भएको छ।
  • भेटमा दुई प्रदेशबीच हवाई सेवा सञ्चालन र पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ।
  • पर्यटनको माध्यमबाट दुवै प्रदेशको समृद्धि हासिल गर्न सकिनेमा मुख्यमन्त्रीहरूले विश्वास व्यक्त गरेका छन्।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे बिच आज विराटनगरमा भेटघाट भएको छ। भेटको अवसरमा दुई प्रदेशबिच हुनसक्ने सहकार्य र समृद्धिका विषयमा कुराकानी भएको छ। 

विराटनगरबाट पोखरा हवाई सेवा सञ्चालन गर्ने साथै पोखरा आएका पर्यटकलाई कोशी प्रदेशमा माउन्टेन फ्लाइटमार्फत हिमालको दृश्यावलोकन गराउने जस्ता विषयमा दुई मुख्यमन्त्रीबिच कुराकानी भएको छ। 

दुवै प्रदेश पर्यटनका हिसाबले महत्त्वपूर्ण रहेको र त्यसमा जोड दिन सके समृद्धि हासिल गर्ने कुरामा सहयोग पुग्ने मुख्यमन्त्रीहरूले विश्वास व्यक्त गरेका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे आज व्यक्तिगत भ्रमणका सिलसिलामा विराटनगर आएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप