बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुधारको नाममा राज्यका संस्थाहरू व्यक्ति केन्द्रित बनाइँदै छन् : नेतृ ओली

शुक्रबार, २५ वैशाख २०८३, ०७ : ३७
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू व्यक्ति केन्द्रित बनाइएको आरोप लगाएकी छिन् ।
  • उनले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको स्थापित रोलक्रम मिचिएको घटनाले संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको बताइन् ।
  • ओलीले विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले प्रवाह गरेको र थिति बसाल्ने अवसर गुमाइएको उल्लेख गरिन् ।

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाउने काम भएको आरोप लगाएकी छिन् । प्रधानन्यायाधीश नियुक्तिमा  रोलक्रम मिचिएकोप्रति संकेत गर्दै उनले यस्तो बताएकी हुन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन् – 'के हो वरिष्ठता ? रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने खालका गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोज्दै छ, जुन गलत छ। वरिष्ठता त संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णयक्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत समजोड मापदण्ड हो। तर आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन्। स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अगाडी बढ्दै छ।'

सरकारले वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको उनको भनाइ छ । 

ओली थप भन्छिन्– 'विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले फेरि एकपटक आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले प्रवाह गरेको छ।दुर्भाग्य, फेरि एकपटक थिति बसाल्ने अवसर गुमाइएको छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप