मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्रलोपाबाट बाहिरिए बाबुराम, पार्टीले दियो शुभकामना

शुक्रबार, २५ वैशाख २०८३, १८ : १५
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन्।
  • प्रलोपाले डा. भट्टराईको स्वतन्त्र रहेर वैकल्पिक राजनीतिलाई सघाउने निर्णयलाई स्वीकार गर्दै शुभकामना दिएको छ।
  • पार्टीले गत निर्वाचनको समीक्षा गर्दै वर्तमान राजनीति मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको पक्षमा नरहेको निष्कर्ष निकालेको छ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् । 

बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा. भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ । 

बैठकको निर्णयमा भनिएको छ– 'यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा। बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो।'

पार्टीले अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्य समेत नरहने गरी सार्वजनिक वक्तव्य दिएको भन्दै उनलाई पनि आगामी व्यक्तिगत तथा राजनीतिक यात्रा सफलताको शुभकामना दिने निर्णय गरेको छ । 

बैठकले समसामयिक राजनीति र गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दा वर्तमान राजनीति र राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित जाति र समुदायको पक्षमा नरहेको छोटो समयमै स्पष्ट भएको निष्कर्ष निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप