फिन एलेनको शतककाे सहयाेगमा दिल्लीमाथि कोलकाताको सहज जित
सारांश
- इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ ।
- दिल्लीले दिएको १४३ रनको लक्ष्य कोलकाताले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
- कोलकाताका फिन एलेनले ४७ बलमा अविजित १०० रनको विस्फोटक शतकीय पारी खेल्दै टोलीलाई जित दिलाए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको खेलमा फिन एलेनको सानदार शतकको मद्दतले कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै विजेता कोलकाताको १० खेलबाट ९ अंक पुगेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । दिल्लीका लागि पथुम निसान्काले २९ बलमा ५० रनको अर्धशतकीय पारी खेले भने आशुतोष शर्माले ३९ र केएल राहुलले २३ रनको योगदान दिए। बलिङतर्फ कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले समान २–२ विकेट लिए भने क्यामरुन ग्रीनले १ विकेट झारे ।
१४३ रनको मध्यम लक्ष्य पछ्याएको कोलकाताले मात्र १४.२ ओभरमा २ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गर्यो । कोलकाताको जितमा प्रारम्भिक ब्याटर फिन एलेन नायक बने । उनले मात्र ४७ बलमा अविजित १०० रनको विस्फोटक शतकीय पारी खेले । त्यस्तै, क्यामरुन ग्रीनले २७ बलमा अविजित ३३ रन र अजिंक्य रहाणेले १३ रन जोडे। दिल्लीका लागि अक्षर पटेलले १ विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोलकाताका फिन एलेन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण