काठमाडौँ मोडल कलेजद्वारा अनुसन्धान पद्धति र एआईको नैतिक प्रयोग सम्बन्धी कार्यशाला आयोजना
काठमाडौँ । काठमाडौँ मोडल कलेज (केएमसी) ले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा ‘एडभान्स्ड डाटा एनालिसिस, रिसर्च मेथड्स एन्ड एथिकल युज अफ एआई इन एकेडेमिया’ विषयक तीन दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।
वैशाख २४ देखि २६ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा १५ भन्दा बढी शिक्षण संस्थाका ६० जना प्राध्यापक, अनुसन्धानकर्ता र विद्वानहरूको सहभागिता रहेको थियो। कलेजको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) द्वारा आयोजित यस कार्यशालाको मुख्य उद्देश्य उच्च शिक्षामा अनुसन्धान क्षमता, पद्धतिगत दक्षता र प्राज्ञिक सहकार्यलाई सुदृढ बनाउनु रहेको थियो।
कार्यशालामा १० जना विज्ञ स्रोत व्यक्तिहरूले अनुसन्धान डिजाइन, तथ्याङ्क विश्लेषण, प्राज्ञिक लेखन र एआईको नैतिक प्रयोग जस्ता विषयमा १२ वटा सघन सत्रहरू सञ्चालन गरेका थिए। प्रयोगात्मक सिकाइ मोडलमा आधारित यस कार्यक्रममा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक अभ्यासलाई जोड दिइएको थियो।
उद्घाटन सत्रमा प्रमुख अतिथि प्रा.डा. महानन्द चालिसेले अनुसन्धानलाई केवल प्रकाशनमा सीमित नराखी नीति निर्माण र समाज रूपान्तरणमा जोड्नुपर्ने धारणा राखे। उनले ‘प्राज्ञिक अनुसन्धानले नीति विकास, नवप्रवर्तन र सामाजिक रूपान्तरणमा योगदान पुर्याउनुपर्छ’ भन्दै अनुसन्धानमुखी शिक्षा प्रणालीको आवश्यकता औँल्याए।
आरएमसी प्रमुख प्रा.डा. श्रीधर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले क्वान्टिटेटिभ सर्भे डिजाइन, पिएलएस-एसइएम विश्लेषण, एटलस डट टिआई प्रयोग गरी गुणात्मक अनुसन्धान, र उच्च प्रभाव भएका जर्नलहरूका लागि पाण्डुलिपि तयार गर्ने जस्ता प्राविधिक विषयमा ज्ञान हासिल गरे। कार्यक्रममा कलेज प्रमुख सुरेन्द्र सुवेदीले केएमसीले संस्थागत साझेदारी र क्षमता अभिवृद्धिमार्फत अनुसन्धान संस्कृतिलाई प्रवद्र्धन गरिरहेको बताए। उनले संस्थागत विकास र वास्तविक विश्वका चुनौतीहरू सम्बोधन गर्न अनुसन्धानले सघाउने विश्वास व्यक्त गरे।
समापन समारोहमा प्रा.डा. गोपाल पौडेलले अनुसन्धानमा नैतिक निष्ठाको महत्त्वबारे चर्चा गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का उपकरणहरूको प्रयोग गर्दा मौलिकता र आलोचनात्मक चेत कायम राख्न आग्रह गरे। कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै भविष्यमा अन्तर-संस्थागत सहकार्य र संयुक्त अनुसन्धानका पहलहरू गर्ने विषयमा छलफल भएको थियो।
सहभागी विशाल श्रेष्ठ र ओशिन गुरुङले कार्यशालाको व्यवहारिक सत्रहरूले सैद्धान्तिक ज्ञानलाई प्रयोगमा उतार्न र आत्मविश्वास बढाउन मद्दत पुर्याएको प्रतिक्रिया दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण