राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुग्यो : प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशी-विदेशी प्रतिक्रियावादीहरू ठुलो डिजाइनमा लागेको बताएका छन्।
- उनले नेपालका कम्युनिस्ट पार्टीहरूले आन्तरिक समीक्षा गरी कमजोरी सच्याएर एकतामा जानुपर्नेमा जोड दिए।
- प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको र वर्तमान सरकारले गरिबलाई बढी पीडा दिएको आरोप लगाए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट कम्युनिस्ट आन्दोलन सखाप पार्न देशी-विदेशी प्रतिक्रियावादीहरू ठुलो डिजाइनका साथ लागेको बताएका छन्। २६ औँ निर्मल लामा स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यो तथ्यलाई स्वीकार गरेर अघि बढ्ने आँट नगरे श्रमजीवी जनताप्रति ठुलो घात हुने उल्लेख गरे।
संयोजक दाहालले नेपालका कम्युनिस्ट पार्टीहरूले पहिले आफैँभित्र समीक्षा गरेर कमजोरी सच्याउनुपर्ने र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर नयाँ ढङ्गले अघि बढ्नुको विकल्प नरहेको दाबी गरे। ‘कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठुलो डिजाइन अन्तर्गत लागि परेका छन्,’ भन्दै उनले नेतृत्वले जनताको एकताको चाहनालाई सम्मान गर्नुपर्नेमा जोड दिए। उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अभिभावकीय भूमिका निर्वाह गरिदिन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई आग्रह समेत गरे।
उनले मुलुकको राष्ट्रिय स्वाधीनता इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गरे। विशेष गरी जेनजी आन्दोलन र भदौ २३-२४ पछिका परिघटनाले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको उनको विश्लेषण छ। यी नकारात्मक परिघटनाभित्रै एकताको सकारात्मक आधार छिपेको उल्लेख गर्दै उनले सबै देशभक्त र कम्युनिस्टहरू मिल्नुपर्ने आवाज देशभरबाट उठेको बताए।
पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकारले गरिब र निमुखा नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप समेत लगाए। सरकारबाटै श्रमजीवी वर्गमाथि प्रहार भइरहेकाले कम्युनिस्टहरू आफ्नो वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ छ। ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत, पीडा दिने कोसिस भएको छ,’ भन्दै उनले वर्ग सङ्घर्षलाई माथि उठाउन कम्युनिस्ट एकता अनिवार्य रहेको बताए। नेपाली जनताले अझै पनि कम्युनिस्ट पार्टीहरूमाथि नै भरोसा गरिरहेकाले नेतृत्वले सोही अनुसार कदम चाल्नुपर्ने उनले उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
-
वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती
-
‘वार्षिक ८ लाखसम्म आफ्नै गाउँमा कमाइ हुँदो रहेछ, किन विदेश गइरहनु ? ’
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण