बार्सिलोनालाई ला लिगाको उपाधि, रियल म्याड्रिड पराजित
सारांश
- बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २-० गोलले पराजित गर्दै तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
- यस सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कस रासफोर्डले नवौँ मिनेटमा र फेरान टोरेसले १८औँ मिनेटमा गोल गरे ।
- यो जितसँगै बार्सिलोनाले आफ्नो २९औँ ला लिगा उपाधि जितेको छ र घरेलु मैदानमा लगातार १८औँ एल क्लासिको जित दर्ता गरेको छ ।
काठमाडौँ । चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड र फेरान टोरेसको गोलको मद्दतले बार्सिलोनाले २०२५–२६ सिजनको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको सुरुवाती नवौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका रासफोर्डले सुन्दर फ्रिकिकमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि अर्थात् खेलको १८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
यो जितसँगै बार्सिलोनाले आफ्नो २९औँ ला लिगा उपाधि जितेको छ। खेल अवधिभर बार्सिलोनाले रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । बार्सिलोनाले ७ वटा सट लक्ष्यमा प्रहार गर्दा रियल म्याड्रिडले भने मात्र एक सट प्रहार गर्न सकेको थियो ।
यो जित बार्सिलोनाका लागि ऐतिहासिक रहेको छ किनकि उनीहरूले आफ्नो घरेलु मैदानमा लगातार १८औँ एल क्लासिको जित दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण