टर्किस एयरलाइन्सले भन्यो– ल्यान्डिङ गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबी
काठमाडौँ । इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानको अवतरण गियर (ल्यान्डिङ गियर) मा देखिएको धुवाँ ‘हाइड्रोलिक पाइप’ मा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ।
टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका हुन् । उनकाअनुसार, इस्तानबुल–काठमाडौँ उडान भरेको टीके– ७२६ नम्बरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण भएको थियो। तर, अवतरणपछि धावनमार्गबाट ट्याक्सी–वेतर्फ जाने क्रममा जहाजको अवतरण गियरमा अचानक धुवाँ देखिएको उनको भनाइ छ ।
धुवाँ देखिए लगत्तै एयर ट्राफिक कन्ट्रोलको निर्देशन र सुरक्षा सावधानीलाई ध्यानमा राख्दै विमानका आपतकालीन ‘स्लाइड’ हरू खोलेर यात्रीहरूको तत्काल उद्धार गरिएको थियो। उस्तुनले घटनामा कोही पनि यात्री वा चालक दलका सदस्य घाइते नभएको बताए ।
हाल एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच सुरु गरिसकेको छ। उक्त जहाजबाट इस्तानबुल फर्कनुपर्ने यात्रुहरूका लागि एयरलाइन्सले अर्को थप उडानको व्यवस्था गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण