नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै उनले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्र सबैको साझा दायित्व भएको बताए ।
“राज्यका सम्पूर्ण निकाय एकअर्काका परिपूरक हुन्,” मुख्यमन्त्री शाहले भने, “सबै निकायबीच समन्वय र सहकार्य भए मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।”
उनले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ्ने बताए । अनुसन्धान प्रणालीलाई प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण