निदाएको होइन, टेबुलमुनि फोनमा जरुरी सन्देश हेरेको हुँ: अर्थमन्त्री वाग्ले
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् बैठकमा आफू निदाएको नभई मोबाइलमा जरुरी सन्देश हेरिरहेको स्पष्ट पारेका छन्।
- राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा अर्थमन्त्री निदाएको जस्तो देखिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
- अर्थमन्त्री वाग्लेले दृश्यमा देखिएको कुराका आधारमा दूरगामी निष्कर्षमा नपुग्न आग्रह गर्दै फोनमा सन्देश हेरेको स्पष्ट पारेका छन्।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबारको संसद् बैठकमा आफू निदाएको भनेर सार्वजनिक भएका समाचार र तस्बिरहरूको खण्डन गरेका छन्। उनले आफू निदाएको नभई मोबाइलमा आएका जरुरी सन्देशहरू हेरिरहेको प्रस्टीकरण दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला अर्थमन्त्री वाग्ले निदाएको जस्तो देखिने तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यसबारे मंगलबार आधिकारिक धारणा राखेका हुन्। सिंहदरबारमा मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्ने’ टिप्पणी गरे।
बैठकमा प्रस्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने, ‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ। अर्थमन्त्री निदायो भनेर दसौँ लाखलाई रमिता भएको छ आज।’
उनले दृश्यमा देखिएको कुराका आधारमा मात्रै एकदमै दूरगामी निष्कर्षमा पुगिहाल्न नहुने तर्क गरे। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला पछाडिको सिटमा टाउको निहुराएर बसिरहेको अवस्थामा उनको तस्बिर सार्वजनिक भएको थियो, जसलाई उनले फोनमा सन्देश हेरेको भनी स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण