गुजरातको सानदार जित, शीर्ष स्थानमा पुग्ने हैदरावादको सपना चकनाचुर
सारांश
- गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै आईपीएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
- टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले साई सुदर्शनको ६१ र वाशिंगटन सुन्दरको ५० रनको मद्दतले १६८ रनको योगफल तयार पारेको थियो ।
- १६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमा ८६ रनमा समेटियो, जसमा जेसन होल्डर र कागिसो रबाडाले ३-३ विकेट लिए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै गुजरातले १२ खेलबाट १६ अंक जोडेको छ ।
आजको खेल जितेर शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको हैदरावादले लज्जास्पद हार बेहोरेसँगै उसको योजनामा धक्का लागेको छ । यो हारपछि हैदरावाद १४ अंकसहित तेस्रो स्थानमा झरेको छ । समान १४ अंक भए पनि राम्रो रनरेटका आधारमा बेंगलुरु दोस्रो स्थानमा रहेको छ ।
टस जितेर हैदरावादले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रनको योगदान दिए भने वाशिंगटन सुन्दरले ५० रनको अर्धशतकीय पारी खेले ।
१६९ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ लाइनअप धर्मरायो । गुजरातको कसिलो बलिङसामु हैदरावादले १४.५ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान प्याट कमिन्सले बनाएको १९ रन नै सर्वाधिक रह्यो । गुजरातका बलरहरू जेसन होल्डर र कागिसो रबाडाले समान ३–३ विकेट लिए ।
यो नतिजाले हैदरावादको शीर्ष स्थानमा पुग्ने सपनामा तुसारापात गरेको छ भने गुजरातले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण