बलिउड गायक कैलास खेरको स्वरमा ‘आइ एम जीतबहादुर’ को टाइटल गीत
काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण अभिनय रहेको फिल्म ‘आइ एम जीतबहादुर’ को टाइटल गीत सार्वजनिक गरिएको छ। गीतमा कैलाश खेरको स्वर रहेको छ।
बलिउड गायक खेरको गीतमा राजसिंह सिधु र जितु नेपालको शब्द र बव एसएनको संगीत छ। भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मले गाउँबाट सहर आएर कलाकार बन्न सङ्घर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ।
फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’ बाल कलाकार साहरा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल रहेका छन् भने राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन् ।
भारतीय सिनेमाटो ग्राफर अरविन्दले छायाङ्कन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।
सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आइएम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण