बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक : नेपाल सरकार कार्य विभाजन नियमावली स्वीकृत

बुधबार, ३० वैशाख २०८३, ११ : ३५
बुधबार, ३० वैशाख २०८३

सारांश

  • मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गरेको छ ।
  • बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली र सुशील खड्कालाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो । 

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सनाले जानकारी दिए । 

त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको छ । 

बुधबारकै बैठकले भूमिसम्बन्धी २१औ संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप