एमाले–रास्वपा सवाल जवाफ : बादलको अभिव्यक्ति हटाउन सभामुखको रुलिङ
सारांश
- प्रतिनिधि सभामा एमालेका सांसद रामबहादुर थापा 'बादल'ले रास्वपालाई 'अराजकहरूको भीड' भनेको अभिव्यक्ति हटाउन सभामुखले रुलिङ गरेका छन् ।
- रास्वपा सांसद मनिष खनालले बादलको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले नियमावली विपरीत भएको भन्दै हटाउन निर्देशन दिए ।
- एमाले सचेतक ऐन महरले भने सरकारले पटकपटक संसद्को हुर्मत लिएको आरोप लगाएका छन् ।
काठमाडौँ । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच सवाल जवाफ भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एक अर्कोका अभिव्यक्तिलाई लिएर सांसदहरूबिच सवाल जवाफ चलेको हो ।
मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर रास्वपा सांसदहरूले बुधबारको बैठकमा आपत्ति जनाएका थिए । थापाले रास्वपाले चुनाव जित्नुको पछाडि अल्गोरिदमको प्रयोग भन्दै रास्वपा कुनै वैचारिक राजनीतिक शक्ति नभएकाले ‘अराजकहरूको भीड’ भनेका थिए ।
सोही विषयलाई लिएर बुधबार रास्वपाका सांसद मनिष खनालले सभामुखको ध्यानाकर्षण गरे । बादलका अभिव्यक्ति संसदीय रेकर्डमा राख्दा भविष्यमा गलत रेकर्ड रहिरहने भएकाले हटाउनुपर्ने उनको जिकिर थियो ।
रास्वपा सांसद मनिष खनाल बोले लगत्तै एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिवाद गरे । तर महरको माग सभामुखले नसुनेर रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेको भन्दै त्यस्ता विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका थिए ।
यसैबिच नेकपा एमालेका सचेतक ऐन महरले सरकारबाट पटक–पटक संसद्को हुर्मत लिने काम भएको आरोप लगाएका छन् । ‘सदनलाई कुनै जानकारी नगराई एक्कासि अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसद्को नियमावली, संविधान, सबै कुराको बर्खिलापमा छ’, महरको भनाइ छ ।
उनले संविधानको धारा ७६ को उपधारा १० ले प्रस्ट रूपमा प्रधानमन्त्री र मन्त्री सबै सङ्घीय संसद्प्रति उत्तरदायी हुनेछन् भनेको उल्लेख गर्दै प्रधानमन्त्री सदनमा उपस्थित नभएर हुर्मत लिने काम गरेको बताए ।

एमालेका अर्का सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरे । सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अन्देखा गरेको भन्दै बरालले आपत्ति जनाए ।
‘प्रधानमन्त्रीले यहाँ आउन केले रोकेको छ ? कहाँ हुनुहुन्छ ? हाउसले थाहा पाउनुपर्यो ? उहाँ आउन नसक्ने उचित कारण भए अरू मन्त्रीले जवाफ दिन सक्छन् होला नि !’, बरालको भनाइ छ ।
सवाल जवाफपछि पनि विपक्षी दलका सांसदहरुले विरोध गर्न नछाडेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर दलहरुसँग परामर्शमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण