सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विपद् व्यवस्थापनमा स्थानीय तहलाई सक्षम बनाउनुर्छ– मुख्यमन्त्री बानियाँ

बिहीबार, ३१ वैशाख २०८३, २१ : ४१
बिहीबार, ३१ वैशाख २०८३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्राकृतिक मात्र होइन, जातीय, धार्मिक वा राजनीतिक हिंसाजस्ता मानव सिर्जित विपद्का लागि पनि पूर्वतयारी गर्न निर्देशन दिएका छन् । उनले विपद्का बेला स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सुरक्षा निकायबीच तत्काल समन्वय हुनुपर्नेमा जोड दिए । 

आन्तरिक मामिला मन्त्रालयको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले विपद् व्यवस्थापनको पहिलो दायित्व स्थानीय सरकारकै भएको बताए । उनीहरूले स्थानीय तहलाई थप जिम्मेवार, स्रोतसाधनयुक्त र सक्षम बनाउनुपर्नेमा जोड दिँदै संघ र प्रदेशमा मुख ताक्ने प्रवृत्ति घटाउन आग्रह गरे । अधिकांश प्रजिअहरूले स्थानीय तहले विपद् व्यवस्थापनलाई नीतिगत प्राथमिकतामा नराखेको र स्रोतसाधनको अभाव रहेको औंल्याए ।

प्रजिअहरूले एकीकृत सूचना प्रणाली, अर्ली वार्निङ सिस्टम, समूहगत सूचना प्रणाली र वैकल्पिक रूपमा हेलिकप्टर तयारी अवस्थामा राख्न प्रदेश सरकारलाई सुझाव दिए ।

मुख्यमन्त्री बानियाँले बर्खायाम नजिकिँदै गर्दा बीपी राजमार्ग र नारायणघाट–मुग्लिनजस्ता मुख्य सडकखण्डमा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले वैकल्पिक सडक व्यवस्थापनमा संवेदनशील बन्न आग्रह गर्दै विपद् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश प्रहरी प्रमुखले ‘शून्य क्षति’ लक्ष्यका साथ सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप