बाँकेमा १४ वर्षीया बालिका बलात्कृत
शुक्रबार, ०१ जेठ २०८३, ११ : ०७
सारांश
- बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २५ वर्षीय धिरज लामिछाने मगरलाई पक्राउ गरेको छ।
- कोहलपुर नगरपालिका-१ कौशिलानगरबाट मगरलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
- यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय कोहलपुरले गरिरहेको छ।
बाँके । बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।
धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई कौशिलानगरबाटै पक्राउ गरेको हो।
पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले थप आवश्यक अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको प्रकृति र प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण