फिल्म ‘पार्वती’को फर्स्ट लुक्स सार्वजनिक, निर्देशनमा नीताको डेब्यु
काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको निर्देशन डेब्यु फिल्म ‘पार्वती’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दुई वटा पोस्टरमा फर्स्ट लुक्सको रूपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक दुवै पोस्टरमा निर्देशकसमेत रहेकी अभिनेत्री नीता मुख्य भूमिकामा छिन्, जसमध्ये एक पोस्टरमा नीता स्कुले छात्राको पोसाकमा देखिएकी छन् । उक्त पोस्टमा उनी छोटो कपाल, घाँटीमा कालो धागो र नीलो फ्रक (पिनाफोर) मा एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् । अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् ।
फिल्मले ‘पार्वती’ पात्रको जीवनमा आइपर्ने बाधा, विद्रोह वा समाजको कथा भन्छ । आगामी भदौ १२ मा प्रदर्शन हुने फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता हरिहर अधिकारी हुन् । सुदिप बरालको डीओपी रहेको फिल्ममा शिवम् अधिकारीको संवाद छ । फिल्मका प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् । फिल्ममा साहिल खानको सम्पादन छ ।
युवराज काफ्ले, हर्क साउद, बाबुल गिरी र सिद्धार्थ सरकार पौडेलको गीत रहने फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण